लन्डनको २४ तले भवनमा आगलागी
२०७४ जेठ १५ गते

लन्डन / पश्चिम लन्डनको एक भवनमा आगलागी भएको छ । आगलागी भएको भवन २४ तले रहेको र त्यसमा १ सय २० फ्ल्याट रहेको बताइएको छ ।

भवनको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट कति मानवीय क्षति भयो भन्ने बारेमा हालसम्म जानकारी आइसकेको छैन । उक्त आगलागी नेपाली समय अनुसार बुधबार बिहान लागेको हो । लन्डनको समय अनुसार भने राति आगलागि भएको हो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








