एमाले–माओवादी पार्टी एकताको टुंगो लाग्यो, सम्भवत जेठ ६ गते हुने

काठमाडौँ, जेठ २ । पार्टी एकता घोषणा गर्न एमाले र माओवादी सहमत भएका छन् । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका भएका हुन् । जेठ ७ गते नीति तथा कार्यक्रम आउने भएकाले सम्भवत त्यसअघि नै (जेठ ६ गते एकता) घोषणा हुने बताइएको छ ।

बुधबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका विषयमा छलफल भएको थियो । पार्टी एकताबारे छलफल गर्न भोलि दुई पार्टीको एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

एमालेले भोलि नै एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्र पनि एकताका विषयमा आन्तरिक छलफलमा जुटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 1 =