संसदमा उठ्यो सवाल, विमान दुर्घटना हुनबाट बचाउन सकिँदैन ?

काठमाडौं, जेठ २ । पटक पटक हुने विमान दुर्घटना हुनुको कारण खोजी गर्न सांसदमा ध्यानाकर्षण भएको छ । बुधबारको संसदमा विशेष समय लिएर सांसद दिलेन्द्रप्रसाद बडुले पटकपटक विमान दुर्घटना हुनुको कारण खोजी गरी तत्काल समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

बुधबार बिहान सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एयरको विमान दुर्घटनामा परी चालक दलका दुईजना सदस्यको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै बडुले विमान दुर्घटना रोक्न सरकारलाई संवेदनशील हुने सचेत गराए ।

सांसद बडुले मकालु एयरको विमान दुर्घटनामा परी मृत्यु भएका चालक दलका सदस्यका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =