क्रुर हिटलरले प्रयोग गरेको कट्टु यति महंगो ?

जर्मनीका चर्चित तानाशाह हिटलरले प्रयोग गरेको कट्टु झन्डै ६० हजार रुपैयाँमा बिक्री भएको छ । अमेरिकामा भएको एक लिलामीका क्रममा हिटलरको कट्टु ५५ सय अमेरिकी डलरमा लिलाम भएको हो ।

सेतो पाटे नाइलनको कट्टु निकै ठूलो आकारको थियो, १९ इन्च लामो । साथै यसको कम्मरको साइज ३९ थियो भने दायाँ माथिपट्टि हिटलरको नाम जनाउन ए एच लेखिएको थियो । अष्ट्रियाको ग्राजस्थित पार्कहोटलमा हिटलरले उक्त कट्टु छाडेका थिए ।

उक्त होटलमा हिटलर सन् १९३८ मा बसेका थिए । उक्त होटलका तत्कालीन मालिकका नातिले लेखेको पत्र अनुसार उक्त होटलमा हिटलर सन् १९३८ को अप्रिल ३ र ४ तारेख बास बसेका थिए । त्यसक्रममा उनले आफू बसेको कोठामा आफ्नो एउटा कट्टु छाडेर गए । सोही कट्टु अहिले अमेरिकाको अलेक्जेन्डर हिस्टोरिकल अक्सन हाउसले ५ हजार ५ सय डलरमा लिलाम गरेको हो ।

एजेन्सी”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *