सम्पर्क विहीन मकालु एयरलाइन्सको जहाज बाजुरामा भेटियो

काठमाडौं, जेठ २ । मकालु एयरको  सम्पर्कविहीन विमान बाजुरामा भेटिएको छ । आज विहान सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनु भएको छ ।

क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् । सम्पर्कविहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको जानकारी आएको महाप्रबन्धक क्षेत्रीले वताउनु भयो । विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *