मलमास अाजदेखि सुरू, नयाँ विवाहित जाेडीले यी कुरामा ध्यान दिनुपर्ने

काठमाडौं, वैशाख २ ।  हरेक तीन वर्षमा एक पटक आउने अधिक मास, मलमास अथवा पुरुषोत्तम मास शुरु भएको छ । जेठ ३० गतेसम्म रहने यसअवधिमा हिन्दु धर्मालम्बीहरु पूजापाठ, भगवद् भक्ति, व्रत, जप र योग आदि धार्मिक काय गर्दछन् । यस समयमा गरिएको धार्मिक कार्य अरु कुनैपनि महिनामा गरिएको पूजापाठ भन्दा दश गुना फलदायी हुने मान्यता रहेको छ ।

यसअवधिमा दिनमा सबै मांगलिक कार्य भने गरिन्छ । सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडीपछि पर्ने दिनलाई मलमास भनिन्छ । सौर्यमानअन्तर्गत ३ सय ६५ दिनको एक वर्ष र चन्द्रमानअन्तर्गत ३ सय ५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्नेछ ।

यसरी ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात् मलमासका रुपमा मानिन्छ । मलमासमा दान गर्ने परम्परा छ । साथै यस समयमा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने मान्यता पनि छ ।

मूलतः यस अवधिमा श्राद्ध तथा पितृकर्म, विवाह व्रतवन्ध, चूडाकर्म, सप्ताह, नवाह, महारुद्री, शतचण्डीसहित शुभ मूर्हुतका गृह प्रवेश, नयाँ कार्यको थालनी, यात्रा, कार्यको शुभारम्भ नगर्न शास्त्रमा उल्लेख छ ।

अधिक मासमा नव विवाहित दम्पत्तिलाई अलग बस्न प्रेरित गरिन्छ । दैनिक विहान बेलुकाको पूजा र पुरुषोत्तम पूजा र कथा श्रवण भने गर्न मिल्ने धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यस अवसरमा काठमाडौंको कीर्तिपुरस्थित मच्छेनारायणमा मेला लाग्ने गर्दछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *