मानव बेचबिखनको आरोपमा राजेन्द्र खड्गी पक्राउ

काठमाडौं, माघ २५ । द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन् । कलाकारको नाममा विभिन्न व्यक्तिलाई दक्षिण कोरिया पठाएको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले खड्गीलाई बिहीबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो ।

दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरेको उनीमाथि आरोप लागेको छ । एक कार्यक्रममा भाग लिने क्रममा दक्षिण कोरिया भएका बेला आफूसँगै लगेर ११ जनालाई उतै राखेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

खड्कीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरियामा उनीहरुलाई लगेको आरोप लागेको छ ।

खड्गीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्यादसमेत लिएको सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *