एएफसी एसियन कप छनोट : नेपाल पराजित

भदाै २०, ललितपुर । ताजकिस्तान विरूद सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा पराजित भएपछि नेपाल एएफसी एसियन कप छनोटमा समूह ‘एफ’ को पुछारमा पुगेको छ । नेपाललाई २–१ ले हराउँदै पहिलो अङ्क जोडेको ताजकिस्तान पुछारबाट तेस्रो स्थानमा उक्लन सफल भएको छ । दोस्रो हाफमा नेपाल गोल फर्काउन सफल भए पनि अर्को गोल थप्न नसक्दा छनोट चरणामा दोस्रो हार बेर्होन बाध्य बनेको हो ।

खेलको पहिलो हाफमा २–० ले पछि परेको नेपालका लागि युवा स्ट्राइकर विमल घर्तीमगरले गोल फर्काएका थिए । दास्रो हाफमा मैदान प्रवेश गरेका विमलले ६१ औँ मिनेटमा गोल गर्दै नेपालको आशा जगाएका थिए । विमलले ताजकिस्तानका गोलकिपर माकामोभा अघि बढेको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।

त्यसअघि नेपालले आधा घण्टा भित्र २ गोल खाँदा दबाबमा परेको थियो । ताजिकिस्तानका लागि २६ औँ मिनेटमा जालीलोभले गोल गरेका थिए । जालिलोभले उमरवोइ प्रविनोभको कर्नर बलमा दोस्रो प्रयासमा गोल गरेका थिए । पहिलो प्रयास नेपाली गोलकिपर किरण चेम्जोङले रोकेपनि दोस्रो पटक जालिलोभले हुलमुलमा बललाई पोस्टको दिशा दिएको थिए । त्यसको चार मिनेट पछि ३० औँ मिनेटमा भासिव दिलसुडदले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । उनको प्रहार किरणले रोक्ने मौका समेत पाएनन् ।

ताजिकिस्तानको खेलमार्फत ‘डेब्यू’ गरेका जर्ज प्रिन्स प्रिन्स जर्ज कार्कीका दुई वटा प्रहार फितला साबित भयो । त्यसअघि ५३ औँ मिनेटमा करिब ३० यार्ड टाढाको प्रहार थोरै बाहिरिदा नेपालले गोल अन्तर कम गर्ने मौका खेर फालेको थियो । ताजिकिस्तानले भने दोस्रो हाफमा नेपाली गोलपोष्टमा धेरै प्रहार गरेन । ६९ औँ मिनेटमा अस्रोभको प्रहार थोरै नजिकबाट बाहिरिएको थियो ।

पहिलो हाफको नवौँ मिनेटमा एलिभको प्रहारलाई किरणले पञ्च गरेर जोगाएका थिए । भने, नेपालले खेलको दोस्रो मिनेटमा गोलको आक्रमण बुनेपनि सफल हुन सकेन । करिब २५ यार्डबाट नवयुग श्रेष्ठको प्रहार फितलो रह्यो । चौथो मिनेटमा भरत खवासको पासलाई नवयुगले भेट्टाउन सकेनन् । समूह ‘एफ’ मा दुई जित सहित फिलिपिन्स अङ्क तालिकाको शीर्षस्थानमा छ भने यमन दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *