संघिय बिद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन जेष्ठ १४ र १५ गते हुने

सुनसरी, जेष्ठ १ । संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च निकटको विद्यार्थी संगठन संघिय बिद्यार्थी युनियनको तेश्रो राष्ट्रिय सम्मेलन आगामी जेष्ठ १४ र १५ गते सुनसरीको धरानमा सुरु हुने भएको छ ।

धरानमा बैशाख ३१ गते बसेको मञ्चको बैठकले जेष्ठ १४ र १५ गते दुई दिनसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

सम्मेलनले सोही समयमा नया नेतृत्व छान्ने निर्णय पनि गरेको प्रचार प्रसार समिती सम्योजक प्रेम अङछङवोले सुनसरीको पत्रकार महासंघमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।

मञ्चको आगामी जेष्ठ १४ र १५ गते गर्ने सम्मेलनको सम्पुर्ण तयारी अघि बढाएको र जसका लागी बिभिन्न्न ब्यत्तित्वहरुको सम्योजकत्वमा बिभिन्न्न समिति समेत बनाएको छ ।

जसमा जन परिचालन समितिको सम्योजकमा भुपेन्द्र सुन्दर लावती,ब्यवस्थापन समिति सम्योजक सञ्जुहाङ सावा,आर्थिक समिती सम्योजक तेज ताप्मादेन,सुरक्षा ब्यवस्थापन समिती भुपाल चेम्जोङ र अतिथि ब्यवस्थापन समितिमा गजेन्द्र चोङवाङ क्याक रहेका छन् ।

सम्मेलनको उद्धघाटन सत्र धरानको भानुचौकमा हुनेछ भने बन्द सत्र हरियालि सामुदायिक बनमा हुने र कार्यक्रमलाई लिम्बुवान पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराकले गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *