संसारकै सबै भन्दा महँगो पानी, कति पर्छ त एक बोतलको ?

हामिले पसलमा किनेर पिउने पानीको मुल्य २० देखि २५ रुपैयाँसम्म पर्न सक्छ । पानी सर्वत्र रुपमा पाईने तरल पदार्थ हो। हाम्रो संसारको ४ भागमा ३ भाग पानीले ढाकिएको छ । यतिसम्म हुँदापनि पानीको अभाब भईरहेको सुन्न र देख्न पाउछौ । तर, अमेरिकाको एक ब्रान्डको पानी करोडौँ महंगोमा बिक्ने गर्छ ।

सबैभन्दा महँगो पानी अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘बेवर्ली हिल्स्’मा बन्ने गर्दछ । ‘यस कम्पनिले एक बोत्तलको पानीको मुल्य एकलाख अमेरिकी डलर (करिव एक करोड चार लाख रुपेयाँ) तोकेको छ, जुन सर्वसाधारण मानिसले किनेर पिउन सक्दैनन् ।

‘बेवर्ली हिल्स्– 90H20 नाम राखिएको यस पानीको मुल्य बोतलका कारण महँगो भएको हो । यस पानीको बोत्तलमा १४ क्यारेट्सको ६०० ओटा हिरा तथा २५० ओटा ब्ल्याक डाइमन्डलाई कालिगढले आकर्षक ढंगले ‘डिजाइन’ गरेकोले नै यस पानीलाई महँगो परेको हो । त्यस्तै, पानीको बोतलको बिर्को २४ क्यारेट्सको सुनले बनेको छ भने बोतललाई चारओटा क्रिस्टलको बालाले घेरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *