बुद्धशान्तिमा कंगारुको दन्त परिक्षण शिविर

झापा, जेष्ठ १ । कंगारु एजुकेशन फाउन्डेशन विर्तामोडले बुद्धशान्ति गाउँपालिकामा सोमबार एकदिने निशुल्क दन्त परिक्षण शिविर सञ्चालन गरेको छ । शैक्षिक परामर्शका साथै स्वास्थ्य क्षेत्रमा पनि सेवा प्रदान गर्ने उद्धेश्यले फाउन्डेशनले शिविरको आयोजना गरेको हो ।

शिविरमा ६० जनाले दन्त परिक्षण गराएका थिए । प्रधान डायग्नोष्टिक सेन्टर प्रालीको प्राविधिक सहयोगमा भएको शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

शिविरमा डा.मुकेशकुमार शाह र बोध मेहताले दन्त परिक्षण गरेका थिए । रामजानकी मन्दिरको सभाहलमा भएको शिविरमा कंगारु एजुकेशन फाउन्डेशनका पूर्वाञ्चल अप्रेशन म्यानेजर रोशन शाह , काउन्सिलका अनिमेश विष्ट, टिम सदस्य सनम शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।

शिविरमा बुद्धशान्ति २ मा सामाजिक क्षेत्रमा सहयोगी रिभोल्युशन युवा क्लबको विशेष सहयोग रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *