दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

हेटौंडा, जेठ १ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौडा-पथलैया खण्डमा सवारी दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ ।

वीरगञ्जबाट हेटौडातर्फ आउँदै गरेको बा६ख ७१९ नं. को ट्रकले हेटौडातर्फै आउँदै गरेको बा१२च ९९१ नं.को स्कार्पियोलाई ठक्कर दिँदा उछिट्टिएको स्कार्पियो मोटरसाइकलमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

हेटौडाबाट वीरगञ्ज जाँदै गरेको बा८१प ४१५१ नं. को मोटरसाइकलका चालक वीरगञ्ज महानगरपालिका-१३ का सुरज कुमार गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *