“””कामबाट अलग भएर बतासिने एमाले अब काम लाग्दैन””– मन्त्री पोखरेल”

काठमाडौँ, जेठ १ । मन्त्री ईश्वर पोखरेलले श्रम र उत्पादनसँग नजोडिने र कुनै काम नगर्ने कम्युनिष्ट हुन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी, ललितपुरका ३ सय ५७ जना नयाँ पार्टी सदस्यहरुलाई सपथ गराउँदै रक्षा मन्त्री एवं नेकपा एमालेका महासचि पोखरेलले कुनै श्रम नगर्ने कम्युनिष्ट हुन नसक्ने बताएका हुन् । साथै उनले जिल्ला, क्षेत्र र शाखा कमिटीलाई आर्थिक उत्पादनसँग जोडिन पनि आग्रह गरे ।

पोखरेलले भने, ‘कामबाट अलग भएर बतासिने एमाले अब काम लाग्दैन’, अब कार्यकर्ताले भुँइतिर फर्किएर हेर्नुपर्‍यो, सम्भावनाहरु पहिल्याएर त्यसबाट लाभ लिनसक्नु पर्‍यो ।’

उनका अनुसार, अब जेल बसेका, भूमिगत र निर्वासित भएका कुरा गरेर कसैको राजनीति नचल्ने भएकोले जनताको जीवनलाई समृद्ध बनाउने काम र योजना तथा संकल्प जोसँग छ त्यसले नै अब मुलुकको राजनीतिक हाक्छ ।

उनले कम्युनिस्ट पार्टीमा अब पूर्णकालीन राजनीति चल्न नसक्ने स्पष्ट पार्दै कामबाट बचेको समय पार्टीलाई दिन कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *