पार्टी एकता ढिलाईमा मोदीको भ्रमणसँग कुनै सम्बन्ध छैनः नारायणकाजी श्रेष्ठ

वीरगञ्ज, जेठ १ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा भइरहेको ढिलाईको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणसँग कुनै पनि सम्बन्ध नभएको बताएका छन् ।

धेरै विषयमा सहमति भइसकेता पनि एकता दीर्घकालीन होस् भनेर केही विषयमा अहिले नै मन माझ्न छलफल भइरहेको उनले बताएका छन् ।

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भने, ‘पार्टी एकताको सवालमा मोदी भ्रमणसँग कुनै साइनो सम्बन्ध छैन । पार्टी एकता गर्ने नगर्ने फैसला र्ने हामीले हो, हिनग्रन्थीको शिकार हुनुहुँदैन ।’

सत्ता वा पदीय स्वार्थका कारण पार्टी एकतामा ढिलाई भएको उनले अस्वीकार गरेका छन् । ‘सत्तामा त हामी छँदैछौं, एकता गर्नै पर्दैन’ उनले भने, ‘पार्टी एकताका लागि दुईवटै पार्टीका अध्यक्षहरु नै अन्तरिमकालका लागि अध्यक्ष हुने भनिसकेका छौं, लिखित सहमति भइसकेको छ । पदमा पनि कुनै समस्या छैन ।’

वैचारिक, राजनीतिक र नीतिगत आधार तयार भइसकेको भन्दै उनले अब पार्टी एकता नरोकिने बताएका छन् । ‘छिटो भन्दा छिटो एकीकृत पार्टी घोषणा गर्छौ’ नेता श्रेष्ठले भनेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले भारतीय मोदीलाई गरिएको नागरिक अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति उपयुक्त नभएको समेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *