आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमका लागि जेठ ७ गते तय

काठमाडौं, जेठ १ । सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमका लागि यहि जेठ ७ गतेको मिति तय गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने मिति तय गरेको हो।

जस अनुरुप सघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ७ गते अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

त्यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ र २९ गते गरेको नेपालको राजकीय भ्रमण अत्यन्त सफल भएको निष्कर्ष मन्त्रिपरिषद्ले निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए। मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत भएको अनुभूति र विश्वास मन्त्रिपरिषद्ले गरेको बाँस्कोटाको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *