नोबेल क्वीज मेनियाको ग्रान्ड फिनाले सम्पन्न

काठमाडौँ, बैशाख ३१ । एक्रेटिभ मिडियाद्वारा आयोजित एसियाली स्तरको हाजिरीजवाफ प्रतियोगिता नोबेल क्वीज मेनिया ६ को ग्रान्ड फिनाले कार्यक्रम सम्पन्न भएको छ ।

वैशाख ३० गते, आइतबार बेलुकी ९ बजे कान्तिपुर एचडी टेलिभिजन मार्फत प्रसारित कार्यक्रममा विभिन्न चरणहरु पार गर्दै भारतबाट बिरला विद्या निकेतन, नेपालबाट सीसीआरसी कलेज र बंगलादेशबाट नोट्रे ड्याम कलेज रोमाञ्चक फाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगिताको शीर्ष उपाधि जित्दै बंगलादेशको नोट्रे ड्याम कलेजले पुरस्कार स्वरुप पाँच लाख रुपैंया प्राप्त ग¥यो भने प्रथम उपविजेता भारतको बिरला विद्या निकेतनलाई तीन लाख रुपैंया र द्धितीय उपविजेता नेपालको सीसीआरसी कलेजलाई एक लाख पचास हजार रुपैंया प्रदान गरियो ।

हाल क्वीज मेनिया कार्यक्रमको सातौं संस्करणको तयारी भइरहेको र नयाँ संस्करणले अझ बढी देशहरुलाई समेट्ने लक्ष्य रहेको आयोजक एक्रेटिभ मिडियाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *