भारतमा हावाहुरीमा परेर ६१ जनाको मृत्यु

काठमाडौ, वैशाख ३१ । भारतमा हावाहुरीमा परेर ६१ जनाको मृत्यु भएको छ ।

राजधानी दिल्लीसहित देशका विभिन्न स्थानमा तीब्र गतिमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानवीय क्षति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सबैभन्दा बढी उत्तर प्रदेश, आन्ध्र प्रदेश, तथा पश्चिम बंगालका मानिसहरुको मृत्यु भएको पुष्टि भएको छ । थुप्रैं मानिस घाइते भएका छन् ।

दिल्लीमा १०९ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको बताइएको छ ।

हावाहुरीकै कारण रेलसेवादेखि सडक यातायात अवरुद्ध भएको थियो ।

यसअघि मे २ मा पनि यस्तै हावाहुरीमा परेर एक सय जनाको मृत्यु भएको थियो । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *