अभिनेत्री करिश्मा मानन्धरकी छोरी, कविताले फिल्ममा डेब्यू गर्ने पक्का

करीब ३ दशकदेखि नेपाली फिल्ममा सक्रिय करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले फिल्ममा डेब्यू गर्ने भएकी छिन् ।

करिश्माको दा्स्रो पुस्ता अर्थात, छोरी कविताले अभिनेता शिव श्रेष्ठको निर्माण रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यू गर्न लागेकी हुन् ।

आमा करिश्माका कारण कवितालाई फिल्ममा अगाडि बढ्न धेरै मुश्किल नभएता पनि आमा जस्तै सफल हुन भने उनको थोरै मिहिनेतले नपुग्ने धेरैले अनुमान गरेका छन् ।

शिव श्रेष्ठले पहिलो पटक निर्माण गर्न लागेको ‘एउटा यस्तो प्रेम कहानी’ मा मल्टिस्टार र कलाकारहरुको अभिनय रहनेछ ।

हाल छायांकन भइरहेको यस फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, शिव श्रेष्ठल गायतका कलाकारहरुको अभिनय रहनेछ ।

यस फिल्मको कथा शिव आफैंले लेखेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *