६ लाख रुपैयाँसहित ट्याक्सी चालक पक्राउ

काठमाडौ, वैशाख ३१ । यात्रुले बिर्सिएको ७ लाख ५५ हजार रुपैयाँ लिएर फरार भएका ट्याक्सी चालकलाई महानगर प्रहरी बृत्त कमलपोखरीले पक्राउ गरेको छ ।

नवलपरासीको कावासोती घर भइ काठमाडौ महानगरपालिका ५ हाडिगाउँ बस्ने बा१ज ३६६५ नम्बरको भाडाको ट्याक्सी चालक २९ वर्षे अशोक थापालाई प्रहरीले ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

चालक थापाले गत २६ गते जितपुर सिमरा उपमहानगरपालिका १४ का ६७ वर्षे नारायणप्रसाद पाठकले छोरा रेमश प्रसाद पाठकले कमलादीमा संचालन गरेको पसलका लागि उक्त रकम लिएर ट्याक्सीमा चढेका थिए । तर, कमलादी चोकमा झर्दा रूपैयाँ ट्याक्सीमै बिर्सिएपछि चालकले लिएर फरार भएका थिए ।

महानगरीय ट्राफिक प्रहरीको सीसी टीभी फुटेजका माध्यमबाट उक्त रकम चालकले नै लिएको थाहा भएपछि प्रहरीले चालक थापालाई पक्राउ गरेको हो ।

उक्त रकम टोखा नगरपालिका ३ स्थित वर्षा गुरुङको कोठामा राखेको अवस्थामा थापा सहित बरामद गरेको प्रहरीले जनाएको छ । हराएको बाँकी एक लाख ५५ हजार रुपैयाँ भने भेटिएको छैन ।

पक्राउ परेका चालक थापा केही सार्वजनिक मुद्दामा कमलपोखरी थुनामा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *