प्रदेश ३ का सांसद हरीशरण लामिछानेको निधन

काठमाडौ, वैशाख ३१ । प्रदेश सांसद हरीशरण लामिछानेको निधन भएको छ ।

भक्तपुर क्षेत्र नं. २ (ख) बाट निर्वाचित सांसद लामिछानेको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

सोमबार दिउँसो एक्कासी रक्तचाप बढेपछि लामिछानेलाई केएमसीमा भर्ना गरिएको थियो ।

उनको निधन हुनुपूर्व सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमै भेटेर उनको स्वास्थ्य अवस्थाको जानकारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *