मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

देशलाई विकास र समृद्धिको बाटोमा हिँडाउन चाहेका छौंः प्रधानमन्त्री

काठमाडौ, वैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विकास र समृद्धिको बाटोमा हिडाउन चाहेको बताएका छन् ।

अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिको प्रतिवेदन ग्रहण गर्दै आज प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशमा अनुशासित लोकतन्त्र आवश्यक रहेको बताएको छ । प्रधानमन्त्रीले भने, ‘अधिकार पनि चाहिन्छ तर कर्तव्य पालना पनि आवश्यक हुन्छ ।’

प्रधानमन्त्रीओलीले तीन तहका सरकार र राज्नीतिक संरचना तयार गरेपनि अन्य कुराको व्यवस्थापन गर्न समय लागेको बताएका छन् ।

प्रधानमन्त्रीले समितिले बुझाएको प्रतिवेदनको अध्ययन गरेर त्यसको समुचित कार्यन्वयनमा ध्यान दिइने बताएका छन् ।

प्रतिवेदन बुझाउन उच्च स्तरीय निदेर्शक समितिका सदस्य राजेन्द्र प्रसाद पाण्डे, कार्यान्वयन सहजिकरण समितिका संयोजक काशीराज दाहाल, सदस्यहरु मधुरमण आचार्य, माधवप्रसाद रेग्मी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब दिनेश थपलीया लगायत सहभागी थिए ।

प्रतिकृयाहरु
Loading...