तीन वर्ष पछि पुननिर्माण हुँदै काष्ठमण्डप

काठमाडौ, वैशाख ३१ । हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डपको पुननिर्माणको काम सुरु भएको छ ।

२०७२ साल, वैशाख १२ मा गएको भूकम्पका कारण ढलेको काष्ठमण्डपको सोमबारबाट निर्माण कार्य सुरु भएको हो ।

काठमाडौ महानगरपालिकाले अघि बढाउन लागको निर्माण कार्यमा पर्यटन मन्त्री रबिन्द्र अधिकारीको उपस्थिति भएर पूजा गरेसँगै यसको निर्माण सुरु गरिएको हो ।

महानगरपालिकाले यसको निर्माणको जिम्मा भने स्थानीय सहयोग समितिलाई दिइएको छ । जसले निर्माणका लागि आवश्यक सहयोग रकम जुटाउनेदेखि निर्माणको कामसमेत अघि बढाउनेछ ।

सहयोग समितिलाई निगरानी गर्न भने मेयरको नेतृत्वमा एक निर्देशक समिति समेत बनाइएको छ ।

पुरातत्व विभागकाअनुसार यसको पुनर्निर्माणका लागि झन्डै १९ करोड लागत रहेको छ । नियमित रुपमा काम अघि बढ्ने हो भने आगामी २ वर्षभित्र यसको निर्माण सकिने स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *