वरिष्ठ कांग्रेस नेता पौडेलले हाम्रै कारण कांग्रेस हार्यो भनेपछि…….

सुर्खेत, वैशाख ३१ । नेता रामचन्द्र पौडेलले पार्टीमा निरंकुशता हावी भएको बताएका छन् । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तरुण दलको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पार्टीमा निरंकुशतामा हावी भएको बताएका हुन् ।

पौडेल नेताले भने, हाम्रै कारण कांग्रेस हारेको हो, त्यसको समीक्षा हुनुपर्छ । सरकारमा हुँदा राम्रो निर्णय र काम नभएका कारण हामी पछाडि परेका हौं ।

उनले भने, कांग्रेसमा एकताका लागि बिगतका गल्तिको समीक्षा हुनुपर्छ । देउवाले एकलौटी गरेकोमा आक्रोश व्यक्त गर्दै पार्टी सभापतिलाई ‘त्यागको पूजा हुन्छ, भोगको पूजा हुँदैन भन्दा नसुनेको भन्दै उनले पार्टीमा निरकुंश र स्वेच्छाचारिता स्वीकार्य हुँदैन नेता पौडेलले भने ।

उनले गल्तीको आत्मसमीक्षा गर्नुको साटो कम्युनिस्ट मिलेर हारियो भन्नु आत्मरतिमात्र हो भनेका छन् । पौडेलले भने, ‘हिजो किसुनजीलाई चुनाव हराउने लाग्ने र आज पार्टीलाई एकलौटी चलाउने भन्ने विषयको समीक्षा हुन जरुरी छ । सबैको अस्तित्व स्वीकार गर्दै मूल्यांकनका आधारमा पार्टी चलाउन जरुरी छ ।’

पौडेलले भने, ‘म कांग्रेस सुधारको अभियानमा लागेको छु । कांग्रेस सुधारको अभियान कर्णाली प्रदेशबाट सुरु भयो । कर्णालीका सबै जिल्लामा कार्यकर्ता र जनताका बीचमा पुग्दैछु ।’

तरुण दलको कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेल दैलेख जानेछन् । त्यहाँ कार्यकर्ता भेटघाट गरी जेठ १ गते कालिकोट, २ गते जुम्ला, ३ गते मुगु पुग्नेछन् । जेठ ४ गते मुगुमा कार्यकर्ता भेटघाट गरी काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *