सदावहार नायिका करिष्मा विद्यालयमा के गर्दैछिन् ?

बैशाख ३१, काठमाडाैं । नेपाली चलिचत्रमा सदावहार नायिकाको रूपमा परिचित करिष्मा मानन्धर यतिबेला विद्यालयमा अध्ययनरत छिन् । बाल्यकालमा निक्कै दुखः कष्टमा विताएकी करिष्माले सानो उमेरमै नेपाली चलचित्र खेल्न थालिन । कक्षा ८ पढ्दा नपढ्दै चलचित्र नगरीमा प्रवेश गरेकी करिष्माका दर्जनौ फिल्म सफल भएका छन् ।

एकताका अमेरिका बसेर आएकी करिष्माले त्यसपछि पनि फिल्म क्षेत्रमा सकृय छिन् । सँगै नयाँ शक्ति नेपालबाट राजनीतिमा समेत प्रवेश गरेकी छिन् ।

उनलार्इ धेरैले अनपढ र बौद्विकता नभएको भन्दै सार्वजनिक स्थलमा टिकाटिप्पणी हुन थालेपछि उनी अहिले पढ्न थालेकी छिन् । दुर्इ वर्ष यता उनी राजधानीको डिल्लीबजार स्थित एक विद्यालयमा अध्ययनरत छिन् ।

गत शुक्रबार करिष्माले एक केही तस्विरहरु उनको फेसवुक पेजमा शेयर गरिन । विद्यालय पोशाकमा करिष्माले शेयर गरेको तस्विरमा उनी टिनएज उमेरकी देखिएकी छिन् । फ्राइडे, फन डे भनेर शेयर गरेको फोटो तथा सानो भिडियोमा उनी बास्केटबल खेलिरहेकी छिन् । विद्यालय पाेशाकमा करिष्मालार्इ भर्खर १६, १७ वर्षकी देखिएकाे छ ।

उनको यी तस्विर र भिडियो हेरेर उनका फ्यानहरुले सकारात्मक टिप्पणी गरेका छन् । पढ्नका लागि कुनै उमेरले छेक्दैन भन्ने करिष्माको कदमलाई धेरैले सम्मान गरेका छन् ।

भिडियाे हेर्नुहाेस

https://www.facebook.com/karishma.manandhar.3/videos/pcb.1734021306674706/1734020353341468/?type=3&theater

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *