पर्सामा हावाहुरीले फलफूल तथा तरकारी बालीमा क्षति
२०७४ जेठ १५ गते

“
पर्सा, वैशाख ३१ । पर्सामा हावाहुरीका कारण किसानहरुले लगाएको फलफूल तथा तरकारी बालीमा क्षति पुगेको छ ।
जिल्ला कृषि विकास कार्यालय पर्साले दिएको जानकारी अनुसार सोमबार बिहान आएको हावाहुरीले आँपको चिचिला झार्नुका साथै तरकारी बालीमा क्षति पुर्याएको छ ।
जिल्ला कृषि विकास कार्यालय, पर्साका प्रमुख वीरेन्द्र सिन्हाले हावाहुरीले आँपको चिचिला झारेको तर कति क्षति पुगेको छ भन्ने विवरण आई नसकेको जानकारी दिएका छन् ।
उनले भने, ‘हावाहुरीले आँपमा क्षति पुगेको छ । यकिन विवरण आइसकेको भने छैन, क्षतिको विवरण संकलन गर्दैछौं ।’
हावाहुरीले सोहि ठाउँको विभिन्न विद्युत्त सेवा अबरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले हावाहुरीले पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको बताएका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








