कैलालीमा वर्षासँगै आएको हावाहुरीका कारण जनजीवन अस्तव्यस्त

धनगढी, वैशाख ३१ । कैलालीमा गएराती अविरल बर्षासङ्गै आएको हावाहुरीका कारण कैलालीको जनजीवन अस्त–ब्यत बनेको छ । राती करिब ५ घन्टा लगातार चलेको हावा हुरिले राजमार्ग लगायत ग्रामीण बस्तीहरु अस्त ब्यस्त बनेका छन् ।

कतिपयका घर टहरा समेत उडाएको छ । हावाहुरीका कारण । कैलाली का विभिन्न ठाउँमा बिधुतका पोल र टेलिफोनका पोलहरु ढलेका छन्, जसका कारण कैलालीमा रहेका विभिन्न रेडियो स्टेशनहरुमा पनि प्रशारण अबरुद्ध हुनुका साथै यातायातमा पनि निकै कठिनाइ भैरहेको छ । क्षतिको विवरण भने अझै आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *