विराटनगरको शैक्षिक मेलामा विद्यार्थीको उत्साहजनक सहभागिता

बैशाख ३०, विराटनगर । पूर्वाञ्चलमै पहिलो पटक भएको बृहद् शैक्षिक मेलामा विद्यार्थीको घुइँचो बढेको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको शैक्षिक मेलामा विद्यार्थीको घुइँचो भएको हो । पूर्वाञ्चलकै शैक्षिक क्षेत्र विराटनगरमा आजबाट शुरु भएको शैक्षिक मेलामा एक हजार पाँच सय बढि विद्यार्थीले अवलोकन गरे ।

गुणस्तरीय शिक्षा नेपालमा होस् वा विदेशमा भन्ने मुल नाराका साथ शुरु भएको शैक्षिक मेलामा पहिलो दिन एक हजार पाँच सय बढि विद्यार्थीले अवलोकन गरेको नेपाल शैक्षिक परामर्श संघ इक्यान पूर्वाञ्चलका अध्यक्ष रोशन निरौलाले जानकारी दिए । ‘विर्तामोडमा तीन दिनमा करिब चार हजार बढि विद्यार्थीले सहभागिता जनाएका थिए, विराटनगरमा एकै दिन एक हजार पाँच सय बढि विद्यार्थीको सहभागीता भयो ।’ उनले भने ।

अध्यक्ष निरौलाले पूर्वाञ्चलका विद्यार्थीलाई आफ्नै घरआँगनमा ABROAD STUDY का विविध विषयमा दक्ष, अनुभवी र मान्यता प्राप्त शैक्षिक परामर्शदाताबाट परामर्श दिन शैक्षिक मेलाको आयोजना गरिएको बताए । ‘विगतमा धेरै संस्थाहरुले ब्यक्तिगत रुपमा आयोजना गरेपनि यसरी बृहद् रूपमा हुन सकेकाे थिएन, मेलामा विद्यार्थीको उत्साहजनक जहभागीता रहेको छ, भोली अझ बढ्नेमा विस्वस्त छौं ।’ उनले भने ।

विराटनगर बरगाछीकी कक्षा १२ को परिक्षा दिएर बसेकी दिक्षा अर्यालले शैक्षिक मेलाले ABROAD STUDY का धेरै कुराको जानकारी दिएको बताईन् । ‘अरु बेला कन्सल्टेन्सीमा गएर एउटा कलेज र देशको मात्र जानकारी हासिल गर्न सकिन्थ्यो, यो मेलाले एकै ठाउँमा धेरै कन्सल्टेन्सी र कलेजको बारेमा जानकारी पाईयो ।’ उनले भनिन् । विराटनगर हाटखाेलाका अभिभावक राजन शिवाकाेटीले पनि शैक्षिक मेलाबाट विदेश कसरी अध्ययन गर्न जाने भन्ने संगै विद्यार्थीलार्इ करियर काउन्सेलिङ समेत हुने भएकाेले शैक्षिक मेला विद्यार्थीका लागि अावश्यक भएकाे बताए ।

विराटनगर स्थित होटल नमस्कारमा आयोजित शैक्षिक मेलामा विराटनगरका विभिन्न क्षेत्रबाट विद्यार्थीहरु आएका थिए । शैक्षिक मेलामा विद्यार्थीले ब्याचलर, मास्टर्स तहका नर्सिङ, आइटी, इन्जिनियरिङ, म्यानेजमेण्ट, कम्प्युटर साईन्स, एकाउण्टिङ, फार्मेसी, एग्रिकल्चर जस्ता विषयमा जानकारी लिएको मेलाका सहसंयोजक रवि कुमार गुप्ताले जानकारी दिए ।

नेपाल शैक्षिक परामर्श संघ इक्यान पूर्वाञ्चलको आयोजनामा भएको शैक्षिक मेलामा देशका उत्कृष्ट शैक्षिक परामर्श ब्यवसाथीहरुको ६० भन्दा बढि स्टलहरु रहेका छन् ।

ब्रिटिस काउन्सिल प्रस्तुतकर्ता रहेको शैक्षिक मेलाको इन एशोसिएन विथमा काठमाडौं इन्फोसिस रहेको छ । अस्ट्रेलियाको प्रतिष्ठित कलेज क्विन्सफर्ड कलेज पावर्डवाई रहेको मेलाको मेन स्पोन्सरमा न्यू ऐरा इन्ष्टिच्युट, सपोर्टेडमा कंगारू एजुकेशन फाउण्डेशन, प्रमोटरमा अस्ट्रेलियाको जीआइवीए रहेका छन् ।

मेलामा अस्ट्रेलिया, क्यानडा, न्यूजल्याण्ड, बेलायत, अमेरिका, युरोप, जापान, भारत, बङ्गलादेश जस्ता प्रतिष्ठित शैक्षिक गन्तव्य भएका मुलुकका उत्कृष्ट विश्वविद्यालय र कलेजका प्रतिनिधीहरूको सहभागिता रहेको छ । विराटनगरमा भोलीसम्म शैक्षिक मेला हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *