असार मसान्तसम्ममा सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था खुल्ने

सर्लाही, वैशाख ३० । नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आगामी असार मसान्तसम्ममा सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना हुने बताएका छन् ।

सर्लाहीको हरिवनमा सहकार्य लघुवित्त संस्थाको उद्घाटन गर्दै गभर्नर शिवाकोटीले गाउँगाउँमा बैंक तथा वित्तीय संस्था खुलेपछि आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पुग्ने उल्लख गरे ।

हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ३६५ स्थानमा मात्र वित्तीय संस्था खुलेको उनले जानकारी दिए ।

लघुवित्त बैंकहरुको उद्देश्य नाफा कमाउने मात्र नभई विकट क्षेत्रका महिलाको जीविकोपार्जनमा सघाउ पुर्‍याउने किसिमको हुनुपर्नेमा उनको जोड थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *