नेपालमा ४ वटा हवाई रुट थप्ने भयो भारतले !

काठमाडौँ, वैशाख ३० । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण उपलब्धिमुलक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको नेपाल भ्रमणको क्रममा हवाई रुट थप्न भारतसँग सहमति भएको बताएका छन् ।

उनले आइतबारको संसदलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा थप ४ वटा रुट थप्न प्राविधिक तहको अध्ययन गर्न निर्देशन भएको जानकारी दिएका हुन् । हाल भने नेपाल प्रवेश गर्ने एक वटामात्रै हवाई रुट रहेको छ ।

प्रम ओलीले भने, ‘अहिलेको कनेक्टिभिटीको जमानामा हवाइजहाज पस्ने रुट सिमरा हुँदै एकमात्रै छ । अब भैरहवा, विराटनगरतिरबाट पनि रुटहरु चाहिएको छ भने दुई प्रमको तहमा थप चार रुट लिनको लागि प्राविधिक तहको अध्ययन गर्न निर्देशन भएको छ । ‘सेप्टेम्बर भित्र अध्ययनको काम सम्पन्न गर्ने भनेका छौं ।’

उनले तराईमा रहेको डुबानको समस्या समाधान गर्न पनि भारतीय प्रमसँग गम्भीरताका साथ कुरा उठाएको पनि संसदलाई जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *