इक्यान पूर्वाञ्चलको शैक्षिक मेला विराटनगरमा आजबाट शुरु

विराटनगर, वैशाख ३० । उच्च शिक्षाका लागि Abroad Study जान चाहने विद्यार्थीहरुलाई भरपुर जानकारी दिने उद्देश्यले पूर्वाञ्चलको विराटनगरमा आज (बाट शैक्षिक मेला शुरु भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चलले पूर्वाञ्चलको विर्तामोड तीन दिनको शैक्षिक मेला भब्यताका साथ सम्पन्न गरेर आजबाट विराटनगर शुरु गरेको हो ।

Abroad Study विविध विषयमा जानकारी दिने उद्देश्यले शैक्षिक मेला आयोजना गरिएको नेपाल शैक्षिक परामर्श संघ इक्यानका पूर्वाञ्चल अध्यक्ष रोशन निरौलाले बताए । पुर्वाञ्चलमै पहिलो पटक आयोजना गरिएको शैक्षिक मेलाबाट विद्यार्थीले एउटै छानामुनि मान्यताप्राप्त परामर्शदाताबाट Abroad Study का विभिन्न जानकारी पाउने ब्यवस्था गरिएको छ । मेलामा ६० भन्दा बढि स्टलहरुमा मान्यता प्राप्त कन्सल्टेन्सीका विज्ञ शैक्षिक परामर्शदाता, विश्वका उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरुको सहभागिता रहेको छ ।

 

ब्रिटिस काउन्सिल प्रस्तुतकर्ता रहेको शैक्षिक मेलाको इन एशोसिएन विथमा काठमाडौं इन्फोसिस रहेको छ । अस्ट्रेलियाको प्रतिष्ठित कलेज क्विन्सफर्ड कलेज पावर्डवाई रहेको मेलाको मेन स्पोन्सरमा न्यू ऐरा इन्ष्टिच्युट, सपोर्टेडमा कंगारू एजुकेशन फाउण्डेशन, प्रमोटरमा अस्ट्रेलियाको जीआइवीए रहेका छन् ।

मेलामा अस्ट्रेलिया, क्यानडा, न्यूजल्याण्ड, बेलायत, अमेरिका, युरोप, जापान, भारत, बङ्गलादेश जस्ता प्रतिष्ठित शैक्षिक गन्तव्य भएका मुलुकका उत्कृष्ट विश्वविद्यालय र कलेजका प्रतिनिधीहरूको सहभागिता रहेको छ ।

आजबाट २ दिनसम्म हुने मेलामा करिब तीन हजार विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको दाबी छ । पूर्वाञ्चलमै पहिलो पटक वृहद् रूपमा शैक्षिक मेला आयोजना गरिएकोले पनि आम विद्यार्थीलाई चासो र कौतुहलता भएको मेला आयोजक समितिका सहसंयोजक रवि गुप्ताले बताए ।

शैक्षिक मेलामा मोरङ र सुनसरीका प्रतिष्ठत शैक्षिक परामर्श संस्थाका साथै काठमाडौंका नाम चलेका संस्थाहरू, काठमाडौं इन्फोसिएस, कंगारू एजुकेशन फाउण्डेशन, यूरो अमेरिकन, एक्सपर्ट एजुकेशन भिजा सर्भिसेज, क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्ननोलोजी, इडियू कन्सल्टेन्सी, फास्ट ट्रयाक, इन्डो वल्र्ड, इनलाईटेन कन्सल्टेन्सी, रोहिणी कन्सल्टेन्सी, इडियू मार्क, अचिभर्स कन्सल्टेन्ट लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *