“””कान्स फिल्म फेस्टिभल”” मा एश्वर्याको बोल्ड पहिरनको झड्का”

बलिउडमा लामो समय सम्म राज गरेकी नायिका हुन् एश्वर्या राय । एश्वर्या राय फिल्म् नगरीमा प्रायः चर्चामा आइरहने नायिका अन्तर्गत पर्छिन् । विवाह पश्चात् उनको चर्चा त्यति उचाइमा त छैन तर, हरेक बर्ष आयोजना हुने ‘कान्स फिल्म फेस्टिभल’ मा उनको पहिरनले चर्चा पाउने गर्दछ ।

यो बर्ष पनि ऐश्वर्या यो फिल्म महोत्सवमा सहभागी भइन् । यसपटक पनि उनले आफ्नो स्टाइल, मेकअप र बोल्ड पहिरनका कारण चर्चा पाउनुका साथै आलोचाना पनि बटुलेकी छिन् ।

उनले महोत्सवको पहिलो दिन रेड कार्पेटमा मनिष अरोराको ‘अफ सोल्डर ड्रेस’ लगाएकी थिइन् भने त्यही दिन बेलुकी उनले मिसेल सिनको ‘स्लिवलेस ब्लू गाउन’ लगाएकी थिइन् । यो पहिरनमा ऐश्वर्या निकै आकर्षक देखिएकी थिइन् भने उनको स्टाइलले पनि सबैको ध्यान खिचेको थियो । ऐश्वर्यको साथमा उनकी छोरी पनि महोत्सवमा पुगेकी थिइन् ।

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *