भैँसी सुन्दरी प्रतियोगिता: इटहरीकी मिठुमायाँको भैँसी प्रथम

सुनसरी, बैशाख २९ । नेपालमै पहिलो पटक इटहरीमा भएको भैंसी सुन्दरी प्रतियोगितामा इटहरी २ की मिठुमायाँ कार्कीले पालेको भैसी सुन्दरी प्रतियोगितामा प्रथम भएको छ ।

३ स्थानबाट आएको ३ दर्जन भन्दा बढी भैसीलाई जित्दै मिठुमायाँले पालेको हिरा नामक भैसी प्रतियोगितामा प्रथम भएको हो ।

वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालको आयोजनामा इटहरी २ स्थित हवाई चौकमा शनिबार सम्पन भैंसी सुन्दरी प्रतियोगितामा मिठुमायाको भैंसी सबैभन्दा उत्कृष्ट भएको छ ।

जितसंगै मिठुमायाले ११ हजार नगद हात पारेकी छिन । भैसीले पुरस्कार जित्ला भन्ने कहिले लागेको थिएन पुरस्कार हात पारे सँगै उनले भनिन् मेहनत गरे मेहेनतको फल राम्रो हुँदो रहेछ ।

त्यस्तै प्रतियोगितामा इटहरीकै नरबहादुर कार्कीले पालेको चम्पा नामक भैंसी दोस्रो भयो भने दोस्रो हुने चम्पा भैंसीले ९ हजार नगद हात पारेका छन् ।


त्यस्तै इटहरीकै बेधनिधि दाहालले पालेको काली भैंसी तेस्रो भएर नगद ३ हजार ५ सय रुपैया जितेको छ ।

किसानलाई उत्साहित गर्न यो भैंसी सुन्दरी गराएका आयोजक संस्थाका अध्यक्ष टंक दाहालले बताए । प्रतियोगितमा सहभागिता जनाउने भैंसीहरुको ८० हजार बराबरको जिवन बिमा गरिदिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा इटहरी वडा नं १,२,३,४ र २० बाट ३८ वटा भैंसीहरु सहभागी भएको अध्यक्ष दाहालले जानकारी दिएका छन् । प्रतियोगितामा भैँसीको सफा सुगरका साथै हेल्दी समेत कति छ भनी हेरिएको थियो ।

भैंसी प्रतियोगितामा राष्ट्रिय भैसी अनुसन्धान केन्द्रका भैंसी बैज्ञानिक पवनकुमार झा जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा। शिवनाथ महतो डा। विष्णुप्रसाद कुसवाहा र प्राविधिक राजेश पौडेलको निर्णायक टोलीले भैंसी जाँच गरी सुन्दरी प्रतियोगितामा ल्याईएका भैसीमध्ये उत्कष्ठताको निर्णय गरेका थिए ।

कार्यक्रममा भैंसीहरुलाई अतिथिको रुपमा विल्ला भिराई राखिएको थियो भने भैंसी सुन्दरी प्रतियोगिता हर्ने आउनेहरुको घुईँचो नै लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *