मोदीको नेपाल भ्रमण सफल र ऐतिहासिक : मन्त्री ज्ञवाली

काठमाडौँ, वैशाख २९ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण धैरै हिसाबले सफल, ऐतिहासिक र सम्झनलायक इतिहासको एक महत्वपूर्ण मोड सावित भएको बताएका छन् ।

प्रधानमन्त्री मोदीको शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले भ्रमणपछि सदियौँ पुरानो सम्बन्ध अझै सुदृढ रहने र अझ फराकिलो पार्न, सहयोगका नयाँ क्षेत्र पहिचान गर्न तथा विगतका सहमतिलाई प्रभावकारी कार्यान्वयनका बारेमा ठोस प्रगति हुने गरी निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार, नयाँ समझदारीका क्षेत्रहरु रेल्वे, जलमार्ग र कृषिमा साझेदारी तथा विगतका सहमतिमा ठोस प्रगति हुने गरी आगामी सेप्टेम्बरसम्म काम गर्ने समयसीमा निर्धारणको समझदारी पनि भएको छ ।

प्रधानमन्त्री मोदीको भ्रमणले धार्मिक र पर्यटकीय स्थल जनकपुर र मुक्तिनाथको भ्रमण गरेर पर्यटकीय महत्व र जनस्तरको सम्बन्ध मजबुद बनाउन भूमिका खेलेको बताए ।

उनलाई जनकपुर र काठमाडौँमा नागरिक अभिनन्दन पनि गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *