मोदीसँग गरिएको निर्णयको विरोधमा विप्लवले गरे ३० गते नेपालबन्दको घोषणा(विज्ञप्तिसहित) 

सुनसरी, बैशाख २९ । नेपाल कम्युनीष्ट पार्टी विप्लव समुहले शनिवार प्रेश विज्ञप्ति जारि गर्दै बैशाख ३० गते नेपाल बन्दको घोषणा गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा केपी ओली र नरेन्द्र मोदीले गरेको राष्ट्रघाती अरुण तेस्रोको शिल्यान्यासको विरोधमा नेपाल बन्द गर्ने जारी प्रेश विज्ञप्तिमा उल्लेख गरेको छ।
मोदीको सिधै जनकपुरमा आगमन, त्यहाँ गरिएको नागरिक अभिनन्दन, सम्वेदनशिल र रणनैतिक महत्वको उनको मुस्ताङ्ग भ्रमण, मोदीको भ्रमणको सुरक्षाको नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनता वोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघातको पटाक्षेप हो विज्ञप्तिमा लेखिएको छ।


मोदीको भ्रमण र केपी नेतृत्वको सरकारको मोदीका सामु परेको लम्पसारको सामाजिक संजालमा मात्रै नभएर देशैभरि प्रतिवाद भै रहेको छ। जनताको स्तर र केहि संघसंगठनहरुले गरेका यस्तो प्रतिवाद र विरोधको समर्थन गर्दै विप्लप समुहले नेपाल बन्दको आव्ह्वान समेत गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *