काठमाडौंमा मोदीलाई गरियो नागरिक अभिनन्दन, बुद्धको मूर्ति उपहार

काठमाडौं, वैशाख २९। नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाद्धारा आज नागरिक अभिनन्दन गरिएको छ ।

अभिनन्दन कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले भारतीय प्रधानमन्त्री मोदीलाई महानगरको साँचो हस्तान्तरण गरेका छन् । मोदीलाई ५५ किलोको बुद्ध मूर्ति पनि उपहार दिईएको छ ।

अभिनन्दनपछि सम्बोधन गर्दै मोदीले  दुई पटकको नेपाल यात्रामा पवित्र धार्मिकस्थल पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथको दर्शन गरियो अब यसपछि बुद्धको जन्मभूमि लुम्बिनी पुग्ने आफ्नो इच्छा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *