विभाग विस्तार गर्दै कांग्रेसको महिला भेला सम्पन्न

धरान, बैशाख २८ । नेपाली कांग्रेस क्षेत्र नं. १ को महिला विभागले वृहत महिला भेला सम्पन्न गरेको छ । महिला विभागकी संयोजक सपना राईको अध्यक्षता र कांग्रेस सुनसरीका सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले संयोजक राईको अध्यक्षतामा २३ सदस्यीय महिला विभाग गठन तथा विस्तार गरेको छ ।

विभागको उपाध्यक्षमा चित्र राई, सचिवमा कोपिला गौतम(भट्टराई), सहसचिवमा निर्मला अधिकारी, कोषाध्यक्षमा सरस्वती वराइली र सदस्यहरुमा दुर्गा अधिकारी, कुमारी तामाङ , अन्जु पुलामी, ज्ञानु श्रेष्ठ , सरला आचार्य, भावना चित्रकार, पुष्पा जैसवाल, सीता वि.क., सृजना राई, गीता लिम्वु, सिता शंकर, गीता वि.क., रुपा कालिकोटे, रविना लिम्वु(गुरुङ), मिना राई, सन्जु निरौला र सानु गजमेर सर्वसम्मत चयन भएका छन् ।

सो अवसरमा प्रमुख अतिथि तामाङले बौल्दै कांग्रेसी महिलाहरु हरेक क्षेत्रमा सक्षम भएकाले एकतावद्ध भएर सामाजिक एवम् राजनीतिक क्षेत्रको अगुवाई गर्नुपर्ने बताए । उनले अन्याय र अत्याचारमा परेका तथा विभिन्न हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउन र महिलाहरुलाई सशक्तिकरण गर्न कांग्रेसी महिलाहरु सकृय हुनुपर्नेमा जोड दिए ।

अहिले कांग्रेसमा मेलमिलाप र एकताको खांचो भएको भन्दै गोलेले कांग्रेसीले कांग्रेसीको विरोध नगरी सहकार्य, समन्वय र मित्रवत व्यवहार गर्न सबैसंग आग्रह गरे ।
कार्यक्रममा क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठले गुट उपगुटका कारण पार्टी कमजोर भएकाले महिलाहरु कुनैपनि गुट उपगुटमा नलाग्न आग्रह गरे । क्षेत्रीय सहसचिव प्रेमकुमार राईले आपसी प्रतिशोध त्यागेर अघि बढ्नु पर्ने बताए ।

कार्यक्रममा क्षेत्रीय सदस्य चित्रकुमारी राई, नगर सचिव युवराज शंकर, नेपाल महिला संघकी क्षेत्रीय सभापति नेत्रकुमारी राई, महिला नेत्रीहरु श्यामा रेग्मी, मिना पुलामी, जमुना मोक्तान लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष तथा नेविसंघ केन्द्रिय सदस्य सागर प्रसाई, महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति संघ सुनसरी सभापति नन्दराज राई, नेपाल महिला संघकी जिल्ला कोषाध्यक्ष ललिता अधिकारी, पाटी नगर सदस्य पन्चकला राई, नेपाल महिला संघ धरानकी कार्यवाहक अध्यक्ष अन्जना राई, महिला जनप्रतिनिधिहरु सिता पौडेल, शोभा राई, रहिसा कसजु, दिलु राई, रिता सुन्दास लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *