पशुपतिमा मोदीले गर्ने विशेष पूजाको तयारी पुरा

काठमाडौ, वैशाख २८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथमा विशेष पूजाका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मुक्तिनाथमा पूजा एवं दर्शनपछि शनिबार बिहान साढे दश बजेपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आई पुग्ने कार्यक्रम छ ।

मोदीको स्वागतका लागि पशुपतिमा सरसफाइ, स्वागतद्वार निर्माण लगायत सबै तयारी पूरा भएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिएका छन् ।

मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि भारतीय रुपैयाँ २५ करोड, सरसफाइका लागि पाँच करोड सहयोग घोषणा गरेको पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिएका छन् ।

त्यसबेलाको घोषणाको सहयोग मन्त्रालयले दिनुपर्ने अनुमतिको प्रक्रिया पूरा नभएकाले रोकिएको उनले बताए ।

सहयोगसम्बन्धी त्यो प्रस्ताव अहिले पनि अर्थ मन्त्रालयमा रोकिएको कोषले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *