प्याराग्लाइडिङ फेवातालमा खस्यो, सबैको सकुशल उद्धार

एन एच पौडेल, पोखरा । अाज अचानक मौमसमा आएको खराबीका कारण सराङकोटबाट उडेका सातवटा प्याराग्लाईडिङ फेवातालमा खस्यो । पोखराको मौसममा अचानक आएका खराबी सँगै हावाहुरी चलेपछि सुरक्षित प्याराग्लाइडिङ फेवा तालमा खसेको हो । ग्लाइडरसहित फेवातालमा खसेका सात जना यात्रु र सात जना पाइलटको सकुशल उद्धार गरिएको एयर स्पोर्टस एशोसियसनका महासचिव वसन्तराज दवाडीले जानकारी दिए ।

प्याराग्लाइडर तालमा खसे लगत्तै त्यहाँ तैनाथ उद्धार डुंगाहरुले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्क बहादुर खत्रीले बताए । उनका अनुसार तालमा खसेका सबैको सकुशल उद्धार गरिएको छ । एक जना घाइतेको अस्पतालमा उपचार भईरहेको छ । प्याराग्लाइडर तालमा खसेलगत्तै उद्धार गरिएकाले कुनै मानवीय क्षति नभएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =