यस्ता कुरामा सतर्क रहनुस्, जसले तपाईँलाई चाडै बुढो देखाउनेछ

एजेन्सी । जो कोहीलाई पनि बुढो देखिन मन लाग्दैन । उमेर पाकेपानी जवान देखियोस भन्ने चाहना हुन्छ । आम मानिसमा जान वा अन्जानमा केही यस्ता बानीहरु हुन्छन्, जसको कारण छालामा चाउरी तथा डन्डीफोर देखीनुको साथै छिट्टै बूढ्यौली तिर हामीलाई धकेलीरहेको हुन्छ । आज हामी त्यस्तै कुरा बताउन गइरहेका छाै ।

१. लगातार सम्बन्धमा खटपट तथा तनाव आइरहँदा शरीरमा एक प्रकारको हर्मोन निष्कासन हुन्छ जसले प्रतिकुल असर एवं अनुहारमा चाउरी देखिन थाल्छ ।

२. बिहानको नास्ता नलिने बानीले पनि दिनभर थकाइको साथै कमजोर महसुस हुनुले समय अघि नै अनुहारमा चाउरी देखिन थाल्छ ।

३. लगातार एकै ठाउँमा धेरै बेर बसेर काम गर्ने गर्नाले खाएको खाना डाईजेस्ट नभई शरीर मोटो देखिन थाल्छ जसको प्रतिकुल असर अनुहारमा पर्दछ ।

४. दिनभर कम्तीमा आठ देखी नौ गिलास पानी नपिउने बानी जसले शरीरमा डिहाईड्रेट भई शरीर शुक्खा हुनुको साथै अनुहारमा चाउरी देखिन थाल्छ ।

५. रक्सी, गाँजा, ड्रग्सको नशामा रहने व्यक्तिको शरीरमा कार्टीशोल नामक हर्मोन रिलिज गरी स्ट्रेस बढाउने हुँर्दा समय अगावै मानिस बुढो देखिन थाल्छ ।

६. एकै चोटि धेरै काम गर्ने गर्दा धेरै नै परिश्रम पर्न गई थकान पर्न जान्छ र दिमाग भारी भई मुटुमा समेत असर देखिन थाल्छ । यसलेे अनुहारमा पनि गहिरो असर पार्दछ ।

७. धेरै अनुसन्धानहरुले के देखाएकाे छ भने पूरा निन्द्र नलिने बानी जस्तो कम्तीमा ७ देखी आठ घण्टा नसुत्ने गर्दा हाई ब्लड प्रेसर ,स्ट्रेस, मुटु सम्बन्धी सम्स्या देखिन थाल्छ र सोझै असर अनुहारमा देखिन थाल्छ ।

८. दही, दूध, अण्डा, माछा, मासु, हरियो सागपात जस्ता अत्यावश्यक भिटामीन युक्त खाना नखाँदा शरीरलाई आवश्यक तत्वको कमी हुुन गई मानिस समय अगावै बुढो देखिन्छ ।

९. घाममा घुमफिर गर्दा सनस्क्रिन क्रिम नलगाउँदा पनि अनुहारमा घामको बिकिरणले अनुहारको नरमपना सोसेर कालो तथा दाग देखींदै जान्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =