पेस्तोलसहित तीन जना पक्राउ गरिसकेको प्रहरीको भनाई
२०७४ जेठ १५ गते

काठमाडौं, असोज २३ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मिनभवनको सडकमा प्रदर्शन गरिरहेका निर्माण व्यवसायीहरुलाई आश्वासन दिँदै काठमाडौका प्रहरी प्रमुख रविन्द्र धानुकले सो कुरा बताएका हुन् ।
उनीहरुबाट तीन राउण्ड गोली र पेस्तोल पनि बरामद गरेको धानुकले जानकारी दिए । यसैबीच, मिनभवनमा गृहमन्त्री जर्नादन शर्माविरुद्ध सडकमा नै बसेर निर्माण व्यवसायीहरुले नाराबाजी गरेपछि अस्पताल जान लागेका उनी सुरक्षाको कारण देखाउँदै बीच बाटोबाटै फर्किएका छन् ।
अस्पतालबाट फर्के लगत्तै उनी र आइजिपी प्रकाश अर्यालबीच छलफल भएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








