नेपाली कांग्रेस इटहरीमा विवाद, टिकट नपाएपछि सडकमा प्रदर्शन

२६ जेठ, इटहरी । नेपाली कांग्रेसले इटहरी उप महानगरपालिकाको मेयरमा रोहित प्रसाईलाई उम्मेदवार बनाएपछि पार्टी भित्रको अान्तरिक विवाद चुलिएको छ ।  टिकट नपाएपछि मेयरका दाबेदार हेमकर्ण पौडेलका कार्यकर्ताहरूले सडकमा उत्रेर विरोध प्रदर्शन सुरू गरिसकेका छन् । मेयरको टिकट पाउने प्रसाई कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत हुन् ।

इटहरी उपमहानगरपालिकाको मेयरका आकांक्षीमा इटहरी नगर सभापति हेमकर्म पौडेल मुख्य दाबेदारका रुपमा रहेका थिए । कार्यदलले प्रसाईलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेल समर्थकले निर्णय तत्काल सच्याउन कार्यदललाई चेतावनी दिएका थिए ।

रामचन्द्र पौडेल पक्षधर मानिने पौडेललाई मेयरको उम्मेदवार नबनाएको खण्डमा पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन । इटहरी कांग्रेसको ठूलो जनमत पौडेलका पक्षमा उभिएको पाइन्छ । ट्रेड युनियन कांग्रेसका पूर्वाञ्चल उपाध्यक्ष ज्योति कोइरालाले पार्टीले तत्काल नसच्याएर पार्टी विरुद्ध आन्दोलन गर्ने बताए । त्यस्तै नेविसंघका २ नम्बर क्षेत्रीय सभापति टंक दाहालले पनि पार्टीले निस्किय मान्छेलाई उठाएर पार्टीले आफ्नै पार्टीलाई हराउन लागेको आरोप लगाए । उनीहरुले कांग्रेसले इटहरीको मेयरको उम्मेदवार बनाउने सवालमा गलत निर्णय गरेकाले त्यस विरुद्ध आन्दोलन गर्ने बताए ।

नगर सभापति एवं मेयरका आकांक्षी रहेका पौडेलले भने आफूले दुई दशकदेखि पार्टी राजनीतिमा लागेर पनि पैसा र पावरको भरमा टिकट दिएको प्रति गुनासो गरे । उनले आफूले पार्टी प्रति गरेको योगदानको कदर नभएको बताएका छन् ।

उम्मेदवार छनौट कार्यदलले विहीबार अपरान्ह देउवा पक्षधर मानिने प्रसाईलाई इटहरी उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 12 =