फुर्सदिला भए वाम नेता: ओली बैंककमै आराममा

काठमाडौं, माघ २ । सरल तरिकाले राजनीति अगाडि बढेको भए अहिले वाम गठबन्धनका नेता अन्य दलका नेताको तुलनामा बढी नै व्यस्त हुन्थे। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पारेका कारण पनि वाम नेताको खटाई अन्य बेलाको भन्दा स्वाभाविक रूपमा बढी नै हुन्थ्यो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

जनादेशअनुसारको नयाँ सरकार गठन, मन्त्रीहरूको छनोट, प्रदेश सरकार गठनदेखि अझ दुई पार्टी (एमाले-माओवादी) बीचको एकतालगायत एजेन्डाको निरुपण गर्नुपर्ने कार्यसूचीमा वाम गठबन्धनका नेतालाई यतिवेला खाने, सुत्नेसम्म फुर्सद नमिल्नुपर्ने हो।

तर, अवस्था त्यस्तो छैन। वाम गठबन्धनका मुख्य नेता नै अहिले फुर्सदिला बनेका छन्। अन्य बेलाको भन्दा पनि अलिक बढी नै एमाले-माओवादीका नेता फुर्सदिला बनेका हुन्। सरकारमा सहभागिता देखिएका झिनाझम्टीमा आफ्नै भित्रबाट ‘चेपुवा’ मा पर्नुपर्ने नेताहरूमा त्यो समस्या पनि अहिले छैन।

फुर्सदिलो यो समयमा नेताहरूमध्ये कोहीले विदेश भ्रमण गरिरहेका छन् भने काठमाडौंभित्रै रहेका नेता पनि सामान्य दोसल्ला ओढाउने, कसैका औपचारिक कार्यक्रममा आतिथ्यता ग्रहण गर्नेजस्ता कार्यक्रममा मात्रै आफ्नो समय खर्चिरहेका छन्।

एमाले अध्यक्ष केपी ओली बैंककमा छन्। उपचारका लागि त्यता लागेका उनी आज (मंगलबार) स्वदेश फर्कने घोषित कार्यक्रम लम्ब्याएर उतै आराम गरी बसेका छन्।

यता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि अन्य बेलाको भन्दा फुर्सदिला छन्। उनी आफ्नै निवासमा नेता-कार्यकर्ताको भेटघाटका थप कार्यक्रम बनाउन थालेका छन् भने कुनै संघ-संस्थाले बोलाएका औपचारिक कार्यक्रममा मात्र सरिक हुन थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =