पर्यटकको पर्खाईमा सुदूरपश्चिमका रमणीय स्थानहरु


बिष्णु जोशी, धनगढी । आन्तरिक तथा वाह्य पर्यटकका लागि सुदूरपश्चिम क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको छ । तर, यातायात लगायतका सेवा सुविधाको अभाव एवं प्रचारप्रसारको कमिका कारण यहाँका पतिपय पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । पछिल्लो समियमा सुदूरपश्चिममा विकास निर्माणले गति लिंदै जाँदा यहाँका पर्यटकीय क्षेत्रहरुको समेत चर्चा बढ्न थालेको छ ।
जम्मा १९५३९बर्ग किलोमिटर को क्षेत्रफलमा फैलिएको यस क्षेत्रको जनसंख्या २,५५२,५१७ रहेको छ । यस क्षेत्रको दक्षिण तर्फ भारत को उत्तर प्रदेश र पश्चिम तर्फ भारत कै उत्तराखन्ड राज्य रहेको र उत्तर तर्फ चीन तथा पुर्वतर्फ बर्दिया, सुर्खेत, जाजरकोट लगायतका जिल्ला रहेका छन् ।
यस क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रहरु मध्ये कैलालीको चिसापानी, टिकापुर, घोडाघोडी, राजकाडा, भासु भिर, जाखोर ताल, गोदाबरी, बेहडाबाबा, डल्फिन वाच, शिवपुरि धाम रहेका छन् । त्यस्तै कंचनपुरको शुक्लाफाँटा, दोधारा–चाँदनी झोलुङ्गे पुल, बेदकोट ताल, झिलामिला ताल, डडेलधुराको पर्शुराम धाम, उग्रतारा मन्दिर, घटालबाबा थान, डोटिको शैलेश्वरी मन्दिर, अछाममा, रामारोशन, बैजनाथ, बाजुरामा बडिमालिका, नाट्यश्वरी, बुढानन्दा, बझाङमा ,सुर्मादेवी र सैपाल हिमाल, बैतडीका निंगलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती, पाताल भुवनेश्वर, र दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र र मल्लिकार्जुन आदी रहेका छन् ।
का यस क्षेत्रका मुख्य चाडपर्वहरुमा माघी, माघ पन्चमी, दशंै,जातहरु, चैते दशैं ,होलि पर्व, बिशुपर्व, गौरापर्व, पुशेपन्द्र, ओल्केपर्व आदी हुन् भने यस क्षेत्रका डेउडा, भुवा नाच, सखियानाच ,मुग्रोहानाच, हुड्केउली, छिल्या, ठाडोखेल, सगुन, फाग, मङल होरी प्रख्यात नाच हुन् । यस क्षेत्रका बासिन्दाले नेपाली सहित डोटेली, थारु, रानाथारु तामाङ आदी भाषा बोल्दछन् ।
पर्यटकको आकर्षणको केन्द्र रहेको सुदूरपश्चिम क्षेत्रको विकासका लागि नेपाल सरकार एवं सरोकारवाला निकाय सबैको पहलकदमी आवश्यक छ ।









