मुटुको समस्या कम गर्ने गुनकारी ल्वाङ, नियमित प्रयोग गरे फाइदै फाइदा

ल्वाङले स्वास्थ्यमा औषधीको भुमिका खेलेको हुन्छ । ल्वाङको सेवनले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट मुक्त हुन मद्दत गर्छ । चिसो वा रुघाखोकी लागेमा ल्वाङ पानीमा उमालेर पिउँनाले शरीरलाई नीकै फाइदा पुर्याउँछ ।

यस्ता छन् ल्वाङका फाइदाहरु

मुटुको समस्या 

दिनमा एउटै मात्र ल्वाङ सेवन गर्नाले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सघाउँछ । यसले मुटुसम्बन्धि समस्याबाट बचाउँन मद्दत गर्छ ।

एसिडिटी

ल्वाङ खाने गर्नाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन सघाउँछ र पेटमा एसिडिटीको समस्या हुँदैन ।

रोगसँग लड्ने क्षमता

यदि खानामा ल्वाङलाई पनि मिसाउनु भएको छ भने शरीरलाई रोगसँग लड्ने क्षमता बढ्छ र तपाई धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ ।

अनुहारमा चमक 

दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ ।

नरम छाला

ल्वाङमा पाइने ‘एन्टीओक्सिडेन्ट्सले छालालाई नरम र चमकिलो बनाइराख्न मद्दत गर्छ ।

आँखाका लागि

अधिक मात्रामा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न मद्दत गर्छ ।

दाँत दुखाई 

ल्वाङमा पानइने ‘एन्टी इफ्लेमेटरी’ गुणले दातको दुखाईलाई कम गर्न मद्दत गर्छ ।

पिनास

यसमा ‘युजेनल’ पाइन्छ । बिहान–बेलुका ल्वाङको चिया पिउनाले पिनासको समस्याबाट राहत पाउँन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *