वैशाखदेखि सुरक्षा क्षेत्रबाहेकका सुरक्षाकर्मी फिर्ता

काठमाडौं, चैत १९ । गृह मन्त्रालयले यही वैशाखबाट सुरक्षाको कामबाहेक अन्यत्र खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने भएको छ ।

सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे सुधार योजना घोषणा गर्दै ति सुरक्षाकर्मी फिर्ता गर्ने बताएका हुन् । सुरक्षा क्षेत्रबाहेक प्रभावशाली ब्यक्ति र प्रहरीका हाकिमकहाँ गरी करिब पाँच हजार प्रहरी कार्यरत रहेको अनुमान गरिन्छ ।

सुधार योजना अन्तर्गत मन्त्रालयले आफ्नो मातहतका निकायहरुबाट हुने २५ हजारभन्दा माथिको खर्च विवरण वेबसाईटबाट सार्वजनिक गर्ने भएको छ ।

यस्तै, २०७५ असार मसान्तसम्ममा हरेक स्थानीय निकायमा एक प्रहरी ईकाइ रहने व्यवस्था मिलाइने भएको छ ।

सुधार योजना अन्तरगत जनताको गुनासो सुन्न निस्शल्क टेलिफोन लाइनको व्यवस्था गरिने छ भने दुर्घटना न्यूनिकरण गर्न राजमार्गमा प्रत्येक सय किलोमिटरमा एक आराम केन्द्रको व्यवस्था हुने भएको छ ।

मन्त्रालयले १० वटा सुधार क्षेत्र पहिचान गरी ८२ बुँदे सुधार योजना–२०७४ सार्वजनिक गरेको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *