सफल होला त ? करिश्माको पीएचडी सपना

काठमाडौं । चर्चित अभिनेत्री करिश्मा मानन्धर अब १० कक्षामा अध्ययन गर्ने भएकी छिन् । उनले काठमाडौँको मैतिदेवीमा रहेको त्रिवेणी पब्लिक स्कुलबाट ९ कक्षाको परिक्षा सकाएकी छिन् ।

स्कुले जीवन भर्खर सुरु गरेकी करिश्मालाई उमेरले रोकेन पढाइमा अघि बढ्न । उनको पढ्ने योजना अझैँ झाँगिने क्रममा छ । उनी पीएचडी सम्म पढ्ने योजना बनाएको बताउँछिन् ।

डा. बाबुराम भट्राईको नयाँ शक्ति नेपाल पार्टीकी नेत्री समेत रहेकी नायिका करिश्मा पढ्नलाई उमेरले नछेक्ने बताउँछिन् ।

१४ वर्षको उमेरदेखि फिल्म् क्षेत्रमा लागेकी उनी फिल्म् क्षेत्रमा त पीएचडी नै पास गरिसकेजस्तो लाग्ने बताउँछिन् ।

करिश्मा मानन्धर नेपाली चलचित्र उद्योगमा सफल अभिनेत्रीकी रुपमा परिचित छिन् । उनी अझै पनि जवान नै देखिन्छिन् । उनको सौन्दर्यताको हरकोहीले खुलेर प्रशंसा गर्ने गरेका छन् । उनले ५० भन्दा बढी फिल्ममा अभिनय गरीसकेकी छिन् भने ढुकढुकी, बाबुसाहेब, फागुल लगायतका फिल्म् हरु निर्माण गरेकी छिन् । चलचित्र क्षेत्रमा उनले आफुलाई चर्चित अभिनेत्री मात्र नभएर कुशल निर्मात्रीको रुपमा समेत स्थापित गरिसकेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *