फेरी बालिका बलात्कृत

जाजरकोट,  चैत १८ । जुनीचाँदे गाउँपालिका-२, छहरे खोलास्थित घट्टमा गहुँ पिस्न गएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय २७ वर्षीय इन्द्रबहादुर गिरीमाथि बालिका बलात्कार गरेको आरोप लागेको छ ।

मध्यराति १२ बजे घट्टभित्र एक्लै रहेकी बालिकाको मुखमा टोपीको बुझो लगाएर गिरीले जबर्जस्ती करणी गरेको उजुरी परेको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए । बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुऱ्याइएको छ ।

बलात्कार आरोपी गिरीलाई नियन्त्रणमा लिएर उनीविरुद्ध जबर्जस्तीकरणीको मुद्दा दर्ता भएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहको प्रहरी निरीक्षक अवस्थीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *