राप्रपा संसदीय दलको बैठकले देउवा सरकारलाई समर्थन जनाउने निर्णय

२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै मतदान गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरमा आइतबार दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले देउवा सरकारलाई समर्थन जनाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री नपाए सम्म सरकारमा नजाने अडानमा रहेका राप्रपा अध्यक्ष कमल थापाले अन्ततः सरकारमा सहभागी हुने निर्णय गराएका हुन् । देउवा सरकारलाई समर्थन गर्नेबारे राप्रपामा कुनै विवाद नरहेको र सर्वसम्मत रुपमा देउवा सरकारलाई समर्थन जनाउने निश्कर्ष निकालिएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले लिखीत पत्र पठाएर राप्रपालाई सरकारमा रहभागी हुन आग्रह गरेका थिए । स्रोतका अनुसार राप्रपालाई चार वटा मन्त्रालय दिने देउवाले आश्वासन दिएका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =