इडेन एकेडेमीले पूर्वमा शैक्षिक मेला गर्दै

चैत्र १८, धरान । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै पूर्वका विभिन्न स्थानमा शैक्षिक मेला हुने भएको छ । इडेन एकेडेमी धरानको आयोजनामा आउँदो चैत्र २४ गतेदेखि ३० गतेसम्म मेगा एडु फेयर हुने भएको हो ।

मोफसलमा रहेका विद्यार्थीलाई ABROAD STUDY का विविध विषयमा परामर्श दिने उद्देश्यले आयोजना गर्न लागिएको एडु फेयर विराटनगर, इटहरी, विर्तामोड र धरानमा हुने छ ।

इडेन एकेडेमी प्रिजेन्टस रहेको एडु फेयरमा प्लस टु र ब्याचलर उत्तिर्ण गरेका विद्यार्थीलाई अष्ट्रेलिया, जापान, आयरल्याण्ड, इण्डिया जस्ता देशहरुको शैक्षिक जानकारी दिईने आयोजक इडेन एकेडेमीका डाइरेक्टर मोहन तिगेलाले बताए । ‘अहिलेसम्म पूर्वमा सेमिनारहरु मात्र भए, विद्यार्थीहरु ABROAD STUDY को जानकारी लिन भनेर काठमाडौं सम्म जाने बाध्यता थियो । त्यो बाध्यताको अन्त्य गर्न यस पटक फेयर गरिरहेका छौं ।’ तिगेलाले भने ।

फेयरमा विद्यार्थीले विश्वका उत्कृष्ट शैक्षिक प्रणाली भएका देशहरुका विश्वविद्यालय र कलेजका बारेमा जानकारी हासिल गर्न सक्नेछन् । भने, भिजा प्रकृया, लागत, भाषा प्रशिक्षणका विषयमा समेत विज्ञहरुबाट निःशुल्क परामर्श लिन पाउने ब्यवस्था छ ।

फेयरमा अष्ट्रेलिया, जापान, आयरलेण्ड र इण्डियाका उत्कृष्ट कलेजहरुका प्रतिनिधिबाट शैक्षिक परामर्श लिन पाउने ब्यवस्था गरिएको छ । अस्ट्रेलियाको एटीएमसी अन्तर्गत फेडेरेसन युनिभर्सिटी अफ अस्ट्रेलिया, चार्ल्स डार्विन युनिभर्सिटी, युनिभर्सिटी अफ सनसाईन कोस्ट, एआइविटी, हार्वर कलेज, आइएचएनए, आरजीआइटी, अाइडिएमए अन्तर्गत युनिभर्सिटी अफ साउर्थन क्विन्सलेण्ड लगायत कलेजका प्रतिनिधिहरुको फेयरमा सहभागीता रहनेछ ।

यसै गरी जापानको जेएसएल निप्पोन कलेज, इण्डियाको मोदी विश्वविद्यालय, रुङटा विश्वविद्यालय र श्री विद्यानिकेलन कलेज तथा आयरलेण्डका राम्रा कलेजको समेत सहभागिता रहने बताईएको छ । फेयरमा आइडिपीले क्ष्भ्ीत्क् को बारेमा जानकारी दिने मोहन तिगेलाले जानकारी दिए । बैकिङ परामर्शमा लक्ष्मी बैंकले परामर्श दिने छ ।

फेयर यहि चैत्र २४–२५ गते विराटनगरको नमस्कार होटल, २६ गते इटहरीको मनशान्त पार्टी प्यालेस, २७ र २८ गते विर्तामोडको हनुमान कम्प्लेक्स र २९ र ३० गते धरानको अग्रसेन भवनमा हुनेछ । विद्यार्थीले फेयरमा निःशुल्क अवलोकन गर्न पाउनेछन्।

फेयरमा आएका विद्यार्थीलाई अायाेजकले आकर्षक गिफ्ट ह्याम्परको समेत ब्यवस्था गरेको छ । फेयरको सपोर्टेडमा डटलिंक एकेडेमी, एनजिओआईएमई विर्तामोड र लिँकन एकेडेमी विराटनगर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *