वैदेशिक रोजगारीमा कुन देश जान कति खर्च लाग्छ, बढी लिए के गर्ने ?

काठमाडौं, चैत १८ । बैदेशिक रोजगारीमा जानको लागि खाडी मुलुक र मलेशियाको हकमा फ्रि भिषा फ्रि टिकट लागू गरिएको छ । बिदेशस्थित कम्पनीले इजाजतपत्रवाला संस्थाहरुलाई सेवा शुल्क रकम प्रदान नगरेको अवस्थामा उल्लेखित सेवा शुल्क वापत अधिकतम रु. १०,००० सेवा शुल्क लिन पाइनेछ । तर बैदेशिक रोजगारमा पठाउने म्यानपावरले तोकेभन्दा ५० गुणासम्म रकम अशुली गर्दै आएका छन् ।

जुन देशको लागि जति पैसा तोकिएको हुन्छ त्यो भन्दा बढी रकम म्यानपावरले आशुलेमा म्यानपावरले कानुन अनुसार कारवाहीको भागीदार हुनुपर्छ ।

यदी तपाइँले कुनै म्यानपावरलाई तोकिएभन्दा बढी रकम बुझाई विदेश जानुभयो र बिदेशमा कुनै समस्या परेको खण्डमा नेपाल आई क्षेतीपूर्ति माग्नुपर्ने भयो भने तपाईले जाँदा जति पैसा तिर्नुभएको थियो त्यति फिर्ता नपाउन पनि सक्नुहुन्छ त्यसैले बैदेशिक रोजगारीमा जाँदा सरकारले तोकेभन्दा बढी पैसा दिनु हुँदैन ।

तर अधिकांश म्यानपावर कम्पनीहरुले विदेशमा जाने कामदारसँग अबैध रुपमा मोटो रकम अशुल गर्ने गरेका थुप्रै उदाहरणहरु छन् ।

यदी तपाइँसँग कुनैपनि म्यानपावरले तोकिए भन्दा बढी रकम अशुल गर्न खोजेको छ भने बैदेशिक रोजगार बिभागको फोन न. ४७८२४५४ मा सिधा सम्पर्क गर्न सकिन्छ । त्यस्तै बैदेशिक रोजगार प्रवर्दन बोर्डको फोन न. ४१०५०६८ मा पनि फोन गर्न सकिन्छ ।

तर धेरैले त्यसबारे जानकारी हुँदा-हुँदै पनि सम्बन्धित निकायलाई सूचना दिन खोज्दैनन् । जसको कारण बैदेशिक रोजगारीमा हुने ठगि नियन्त्रण हुन सकेको छैन । यदी कुनै म्यानपावरले चर्को रकम अशुल्छ भने यसको लागि यथेस्ट प्रमाण जुटाउन वा म्यानपावरले मोटो रकम मागेपछि माथि दिईएका फोनमा सम्पर्क गरी म्यानपावरको काम-काज नै ठप्प बनाउन सकिन्छ ।

:: सरकारी मापदण्ड अनुसार बैदेशिक रोजगारका लागि तलका देशमा जाँदा तोकिएको भन्दा बढी रकम अशुल्नु अबैध र गैरकानुनी हुन्छ:-
1. Malaysia – Rs. 10,000/-

2. Japan – Rs. 50,000/-
3. Bahrain – Rs. 10,000/-
4. Kuwait – Rs. 10,000/-

5. Lebnan – Rs. 70,000/-
6. Maurisas – Rs. 19,000/-
7. Oman – Rs. 10,000/-
8. Poland – Rs. 80,400/-

9. Qatar – Rs. 10,000/-
10. Rasiya – Rs. 80,000/-
11. Saudi Arabia – Rs. 10,000/-
12. UAE – Rs. 10,000/-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *